भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघ्यो

काठमाडौँ, कात्तिक १९ : भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ४६ हजार ३३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८३ लाख १२ हजार ९४७ पुगेको हो ।
संक्रमितमध्ये अहिलेसम्म ७६ लाख ५४ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार ६५० पुगेको छ ।
प्रकाशित मिति: १२:२६ बजे, बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











