Kathmandu Press

बामदेव गौतमलाई राष्ट्रपतिले भनिन्- पार्टीलाई फुटबाट जोगाउन भूमिका खेल्नुस्

मंगलबार शीतलनिवासमा भएको छलफलमा राष्ट्रपति भण्डारीले पार्टी एकतालाई कायम राख्न भूमिका खेल्न उपाध्यक्ष गौतमलाई आग्रह गरेकी हुन्।
बामदेव गौतमलाई राष्ट्रपतिले भनिन्- पार्टीलाई फुटबाट जोगाउन भूमिका खेल्नुस्
बामदेव गाैतम।

काठमाडौं, कात्तिक १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादबारे चासो राखेकी छिन्। 

राष्ट्रपति भण्डारीले मंगलबार पार्टीभित्र उत्पन्न विवादका विषयमा उपाध्यक्ष बामदेव गौतमलाई शीतलनिवास बोलाएर छलफल गरेकी हुन्।

आधा घण्टा भएको छलफलमा राष्ट्रपति भण्डारीले पार्टी एकतालाई कायम राख्न भूमिका खेल्न गौतमलाई आग्रह गरेकी छिन्।

गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमलाई पार्टीलाई फुटबाट जोगाउन सक्रिय हुन आग्रह गरेकी थिइन्। जवाफमा उपाध्यक्ष गौतमले पार्टीलाई एकजुट बनाउन आफूले सक्दो पहल गर्ने बताएका छन्।

पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद चरमोत्कर्षमा पुगेका बेला उपाध्यक्ष गौतमलाई शीतल निवास बोलाएर राष्ट्रपतिले गरेको छलफललाई अर्थपूर्णरुपमा लिइएको छ। 
 

प्रकाशित मिति: ०१:२७ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्