कांग्रेस नेता मीन विश्वकर्माको होस खुल्यो, कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं, कात्तिक १८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ। ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको नेता विश्वकर्माको मंगलबार होस...
काठमाडौं, कात्तिक १८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ।
ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको नेता विश्वकर्माको मंगलबार होस खुलेको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पूर्वमन्त्रीसमेत रहेका विश्वकर्माको ६ दिनदेखि होस थिएन।
यस्तै, विश्वकर्माको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको उनका सहयोगी टेक बहादुर विश्वकर्माले जानकारी दिए। ‘चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा सुधार भएको छ। आजदेखि होस पनि खुलेको छ,’ उनले भने।
गत कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सुरुमा होम आइसोलेसनमा बसेका विश्वकर्मा सास फेर्न गाह्रो हुन थालेपछि वीर अस्पताल भर्ना भएका थिए। तीन दिन वीर अस्पतालमा उपचार गराएका विश्वकर्माको स्वास्थ्यमा सुधार नआएपछि ग्राण्डी अस्पताल लगिएको थियो।
प्रकाशित मिति: २३:३५ बजे, मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











