Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १४६८ जना कोरोना संक्रमित

काठमाडौं, कात्तिक १८ : काठमाडौं उपत्यकामा थप १४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा काठमाडौंमा १२४२ सहित उपत्यकामा थप १४६८...
काठमाडौं उपत्यकामा थपिए १४६८ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, कात्तिक १८ : काठमाडौं उपत्यकामा थप १४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा काठमाडौंमा १२४२ सहित उपत्यकामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा १२४२, भक्तपुरका ६३ र ललितपुरमा १६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

यस्तै, मंगलबार नेपालमा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ भने अहिलेसम्म १ लाख ४१ हजार १३४ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै ३१४२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २३:१७ बजे, मंगलबार, कात्तिक १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्