Kathmandu Press

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो

काठमाडौं, कात्तिक १८ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु...
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो

काठमाडौं, कात्तिक १८ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १००४ पुगेको छ।

यस्तै, मंगलबार नेपालमा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ भने अहिलेसम्म १ लाख ४१ हजार १३४ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै ३१४२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।


 

प्रकाशित मिति: २३:०० बजे, मंगलबार, कात्तिक १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्