Kathmandu Press

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा खान, हमाललाई हटाइयो

काठमाडौं, कात्तिक १८ : लुम्बिनी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा फकरुद्दिन खानलाई नियुक्त गरिएको छ। कांग्रेस लुम्बिनी प्रदेश संसदीय...
कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा खान, हमाललाई हटाइयो

काठमाडौं, कात्तिक १८ : लुम्बिनी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा फकरुद्दिन खानलाई नियुक्त गरिएको छ। 

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले सांसद खानलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११ (१) बमोजिम बाँकेका सुरेन्द्र हमाललाई हटाएर  खानलाई प्रमुख सचेतकमा नियुक्त गरिएको हो। खान रुपन्देही क्षेत्र नम्बर ५ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। 

खानलाई कात्तिक १७ गतेबाट लागू हुने गरी प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता कनौडियाले जानकारी दिए। यसबारेमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती र कांग्रेस केन्द्रीय कार्यालयलाई जानकारी गराइसकिएको उनले बताए।

 

प्रकाशित मिति: २२:१६ बजे, मंगलबार, कात्तिक १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्