नेपालको भूमि मिचेको भन्ने हल्ला आधारहीन : चिनियाँ विदेश मन्त्रालय
काठमाडौं, कात्तिक १८ : चीनले नेपालको भूमि मिचेको भन्ने हल्ला आधारहीन भएको बताएको छ। चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता वाङ...
काठमाडौं, कात्तिक १८ : चीनले नेपालको भूमि मिचेको भन्ने हल्ला आधारहीन भएको बताएको छ।
चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले नेपालको कुनै पनि भूमि नमिचेको दाबी गरेका हुन्।
‘चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन छन्,’ उनले भनेका छन्,‘चीनले नेपालको भूमि मिचेको छैन।’ द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेर संरचना निर्माण गरेको समाचार प्रकाशन गरेको थियो।
पछिल्लो समय चीनले हुम्लामा नेपाली भूमि मिचेको दाबी गरिएको छ। तर, नेपालको परराष्ट्र मन्त्रालयले भने हुम्लामा चीनले नेपाली भूमि नमिचेको स्पष्ट यसअघि नै पारिसकेको छ।
तर, प्रतिपक्षी दल कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभाका संसदीय दलका नेता जीवनबहादुर शाही नेतृत्वमा गएको टोलीले हुम्लाको उत्तरीभागको सीमा क्षेत्रमा चीनले नेपाली भूमि मिचेको बताएको थियो।











