कोरोना संक्रमणबाट पोखरा स्वास्थ्य प्रतिष्ठानमा उपचाररत महिलाको मृत्यु
काठमाडौं, कात्तिक १८ : कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका– ५ की...
काठमाडौं, कात्तिक १८ : कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका– ५ की ५९ वर्षीया महिलाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो।
महिलामा कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।
त्यस्तै, गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८१ पुगेको छ।
प्रकाशित मिति: १८:४५ बजे, मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











