Kathmandu Press

कोरोना संक्रमणबाट जसपाका नेता लिम्बुको मृत्यु

काठमाडौं, कात्तिक १८ : कोरोना संक्रमणको कारण जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बुको मृत्यु भएको छ। भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष...
कोरोना संक्रमणबाट जसपाका नेता लिम्बुको मृत्यु

काठमाडौं, कात्तिक १८ : कोरोना संक्रमणको कारण जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बुको मृत्यु भएको छ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष रहेका ६३ वर्षीय लिम्बुको मंगलबार बिहान मृत्यु भएको हो।

उनमा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। निमोनियाको समस्या देखिएपछिउनी कात्तिक १२ गते विराटनगरस्थित न्यूरो अस्पताल भर्ना भएका थिए।

उनी जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष हुन्।

प्रकाशित मिति: १८:३६ बजे, मंगलबार, कात्तिक १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्