‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न सरकारले दिएको निर्देशनमा कांग्रेसको आपत्ति
काठमाडौं, कात्तिक १८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न सरकारले मातहतलाई दिएको निर्देशन आपत्तिजनक रहेको जनाएको छ। कांग्रेस...
काठमाडौं, कात्तिक १८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न सरकारले मातहतलाई दिएको निर्देशन आपत्तिजनक रहेको जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार ट्वीट गर्दै सरकारको निर्देशन आपत्तिजनक रहेको बताएका हुन्।
उनले ‘प्रधानमन्त्रीज्यू, जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिवद्धता! भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरका छन्।
उनले लेखेका छन्, ‘होसियार संविधानको मर्मत विरुद्धको कर्म ठाडै अस्वीकार्य छ! जय नेपाल!!’
कानुन मन्त्रालयले असोज २८ गते परिपत्र जारी गर्दै ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को ठाउँमा ‘नेपाल’ मात्र लेख्न निर्देशन दिएको थियो।
`संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल´ नलेख्न सरकारले मातहतलाई दिएको निर्देशन आपत्तिजनक छ l @Pm_Nepal जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 3, 2020
होसियार ! संविधानको मर्म विरुद्धको कर्म ठाडै अस्वीकार्य छ ! जय नेपाल !!











