Kathmandu Press

एक करोड रुपैयाँसहित तीन हुन्डी कारोबारी पक्राउ

काठमाडौं, कात्तिक १८ : एक करोड रुपैयाँसहित प्रहरीले तीन जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाडौंको ओमबहालबाट...
एक करोड रुपैयाँसहित तीन हुन्डी कारोबारी पक्राउ

काठमाडौं, कात्तिक १८ : एक करोड रुपैयाँसहित प्रहरीले तीन जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाडौंको ओमबहालबाट झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो। उनीहरुलाई सोमबार साँझ पक्राउ गरेको सीआईबीले जनाएको छ।

विकास र कमल दाजुभाइ हुन्। ओमबहालमा उनीहरु मोबाइल पसल चलाउँदै आएका छन्। गणे भने उनीहरुका सहयोगी भएको सीआईबीले जनाएको छ।

सीआईबीका डीआईजी सहकुल थापाले उनीहरुको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ र आठ सय अमेरिकी डलर बरामद गरिएको बताए। बरामद गरिएको हुन्डीको रकम विदेश पठाउन लागिएको उनको भनाइ छ।

कानुनअनुसार, १० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकबाट मात्रै गर्नुपर्छ। तर, उनीहरुले हुन्डीमार्फत पैसा पठाउने गरेको पाइएको सीआईबीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीआईजी थापाले बताए।

 

प्रकाशित मिति: १५:३३ बजे, मंगलबार, कात्तिक १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्