Kathmandu Press

ब्यापारी एवं काँग्रेस सांसद सूर्यबहादुर केसीको निधन 

काठमाडौं, कात्तिक १८ : प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको सोमबार राति निधन भएको छ ।नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहेका केसीको गएराती १० बजे...
ब्यापारी एवं काँग्रेस सांसद सूर्यबहादुर केसीको निधन 

काठमाडौं, कात्तिक १८ : प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको सोमबार राति निधन भएको छ ।

नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहेका केसीको गएराती १० बजे आफ्नै निवासमा निधन भएको स्वकीय सचिव निरन्जन शर्माले काठमाडौं प्रेसलाई बताए ।

लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उनी ३ वर्षअघि प्रतिनिसभा चुनावमा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । मृगौला प्रत्यारोप गरेका केसी सुगर र प्रेसरका बिरामी थिए ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक समेत हुन् । 

प्रकाशित मिति: १३:१९ बजे, मंगलबार, कात्तिक १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्