भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख नाघ्यो
काठमाडौं, कात्तिक १८ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ३७ हजार ५९२ जनामा संक्रमण देखिएसँगै भारतमा...
काठमाडौं, कात्तिक १८ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ३७ हजार ५९२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख ६६ हजार ९१४ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७६ लाख १ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ४९७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार १३९ पुगेको छ ।
प्रकाशित मिति: १३:१३ बजे, मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











