Kathmandu Press

आईपीएल : दिल्ली क्वालिफायरमा, बेङ्ग्लोर प्ले अफमा

काठमाडौं, कात्तिक १७ : इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा...
आईपीएल : दिल्ली क्वालिफायरमा, बेङ्ग्लोर प्ले अफमा

काठमाडौं, कात्तिक १७ : इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बैंगलोरले दिएको १५३ रनको लक्ष्य पछाएको दिल्लीले १९ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दिल्लीका लागि आजिख्य रहानेले सर्बाधिक ६० रन बनाए भने शिखर धवनले ५४ रन बनाए।​ बैंगलोरका बलर शबाज अहमदले २ विकेट लिए भने मोहमद सिराज र वाशिंटन सुन्दरले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाउदै १५२ रन बनाएको थियो।  बैंगलोरका लागि देवदत्त पाडिकलले सर्बाधिक ५० रन बनाए भने एबी डिभीलियर्सले ३५, कप्तान विराट कोहलीले २९, शिभम दुबेले १७, जोश फिलिपले १२ रन बनाए।  दिल्लीका बलर एनरीच नोर्त्जेले ३ विकेट लिए भने कागीसो रबाडाले २ तथा रविचन्द्र आश्विनले एक विकेट लिए। 

जितसँगै दिल्ली क्यापिटल १६ अंकसहित प्लेअफमा पुगेको छ । अब दिल्ली दोस्रो स्थानमा रहदै मुम्बई इण्डियनविरुद्ध पहिलो क्वालिफायर खेल्ने छ।  त्यस्तै बैंगलोरले खेल हारेपनि प्लेअफमा पुगेको छ।  कोलकोता नाइट राइडर्सको भन्दा रनरेट राम्रो भएका कारण बैंगलोरले प्लेअफको यात्रा सुरक्षित गरेको हो।

प्रतियोगिता अन्तर्गत आज मुम्बई र हैदरावादबीच खेल हुने छ  यो खेलमा हैदरावाद विजयी भएमा हैदरावाद प्लेअफ खेल्ने छ भने कोलकोता आउट हुने छ।  त्यस्तै मुम्बई विजयी भएमा कोलकोता प्लेअफ खेल्ने छ।      

प्रकाशित मिति: १२:१५ बजे, मंगलबार, कात्तिक १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्