Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १६३० जना कोरोना संक्रमित

काठमाडौं, कात्तिक १७ : काठमाडौं उपत्यकामा थप १६३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको परीक्षणमा काठमाडौंमा १३२९ सहित उपत्यकामा थप १६३०...
काठमाडौं उपत्यकामा थपिए १६३० जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, कात्तिक १७ : काठमाडौं उपत्यकामा थप १६३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा काठमाडौंमा १३२९ सहित उपत्यकामा थप १६३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा १३२९, भक्तपुरका १०८ र ललितपुरमा १९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ। यस्तै, अहिलेसम्म १ लाख ३७ हजार ९९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म कोरोना संक्रमणबाट ९८४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारमात्रै ३१५० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ जनाको मृत्यु भएको छ।  

प्रकाशित मिति: २३:१७ बजे, सोमबार, कात्तिक १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्