Kathmandu Press

स्थानीय तहमा रिक्त पदाधिकारीको नाम तीन दिनभित्र पठाउन सरकारको निर्देशन

काठमाडौं, कात्तिक १७ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ। मन्त्रालयले...
स्थानीय तहमा रिक्त पदाधिकारीको नाम तीन दिनभित्र पठाउन सरकारको निर्देशन

काठमाडौं, कात्तिक १७ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ। 

मन्त्रालयले तीन दिनभित्र जिससलाई रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जारी गरेको सूचनामा उल्लेख छ। 

यसअघि भदौ २३ गते पत्र लेख्दै मन्त्रालयले विविध कारणले रिक्त पदाधिकारीको विवरण माग गरेको थियो। तर, उक्त समयमा पनि पदाधिकारीको विवरण नपठाएपछि पुनःतीन दिनभित्र पठाउन मन्त्रालयले ताकेकता गर्दै पत्र पठाएको हो।

मन्त्रालयले रिक्त रहेको पद, रिक्त भएको मिति र रिक्त हुनाका कारण उल्लेख गरेर विवरण पठाउन भनेको छ। यसअघि सरकारले रिक्त पदाधिकारीको विवरण संकलन गरेर निर्वाचन गरेको थियो । 

गत मङ्सिरमा निर्वाचन आयोगले विभिन्न कारणले रिक्त भएका स्थानीय तहका पदाधिकारीको उपनिर्वाचन गरेको थियो। धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाको अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि उक्त उपनिर्वाचन भएको थियो। 

प्रकाशित मिति: २२:४२ बजे, सोमबार, कात्तिक १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्