Kathmandu Press

ईश्वर पोखरेल भन्छन्- पूर्वसमूहका आधारमा समीकरण बनाएर खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन थाल्यो

काठमाडौं, कात्तिक १७ : उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा...
ईश्वर पोखरेल भन्छन्- पूर्वसमूहका आधारमा समीकरण बनाएर खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन थाल्यो

काठमाडौं, कात्तिक १७ : उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन थालेको बताएका छन्। 

सोमबार सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा स्ट्याटस लेख्दै पोखरेलले एकताका समयमा गरिएको सहमति विपरीत पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको आरोप लगाएका हुन्।  

उनले पार्टी विभाजनको दुर्भाग्य निम्त्याउनेहरुलाई सबैले बेलैमा चिनेर खबरदारी गर्नु पर्ने पनि बताएका छन्। उनले व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजनतिर धकेल्न खोज्नेहरुको विरोध गर्दै पार्टी एकतालाई बचाउनका लागि अपील गरेका छन्। 

‘एकताकाबेला गरिएको सहमति विपरीत पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं!!’ उनले भनेका छन्।


 

प्रकाशित मिति: २१:१५ बजे, सोमबार, कात्तिक १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्