Kathmandu Press

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो

राँझा, कात्तिक १७ : बाँकेमा कोरोना महामारी संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ।पछिल्लो पटक कोराना भाइरस संक्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी...
बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो

राँझा, कात्तिक १७ : बाँकेमा कोरोना महामारी संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

पछिल्लो पटक कोराना भाइरस संक्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएकी ती महिलामा कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना पुष्टि भएलगत्तै भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरी उपचारकै क्रममा मृत्यु भएको हो।

बाँकेमा कोरोना संक्रमितको संख्या तीन हजार १६८ रहेकामा दुई हजार ८८६ जना निको भएर घर फर्किसकेका छन्। बाँकेमा अहिले सक्रिय संक्रमितको संख्या २५३ पुगेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: १८:५८ बजे, सोमबार, कात्तिक १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्