Kathmandu Press

सिन्धुलीमा कोरोना संक्रमणबाट ८३ वर्षीया वृद्धाको मृत्यु

सिन्धुली, कात्तिक १७ : कोरोना भाइरसको संक्रमणबाट सिन्धुलीमा एक जना बृद्धाको मृत्यु भएको छ।कमलामाई नगरपालिका–६ की ८३ वर्षीया बृद्धाको उपचारका क्रममा सिन्धुली अस्पतालमा...
सिन्धुलीमा कोरोना संक्रमणबाट ८३ वर्षीया वृद्धाको मृत्यु

सिन्धुली, कात्तिक १७ : कोरोना भाइरसको संक्रमणबाट सिन्धुलीमा एक जना बृद्धाको मृत्यु भएको छ।

कमलामाई नगरपालिका–६ की ८३ वर्षीया बृद्धाको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो। उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।

उनको अवस्था गम्भीर भएपछि आइतबार अपराह्न सिन्धुली अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो। उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: १८:०१ बजे, सोमबार, कात्तिक १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्