डब्लूएचओका महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस सेल्फ क्वारेन्टाइनमा
काठमाडौं, कात्तिक १७ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक सेल्फ क्वारेन्टाइनमा बसेका छन्। संक्रमितको क्लोज कन्ट्याक्टमा परेपछि महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस क्वारेन्टाइनमा...
काठमाडौं, कात्तिक १७ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक सेल्फ क्वारेन्टाइनमा बसेका छन्।
संक्रमितको क्लोज कन्ट्याक्टमा परेपछि महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस क्वारेन्टाइनमा बसेका हुन्।
उनले आइतबार आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि सेल्फ क्वारेन्टाइनमा बसेको बताएका छन्।
उनले ट्वीट गर्दै आफूमा कुनै लक्षण नरहेको साथै आफू स्वास्थ रहेको उल्लेख गरेका छन्।
प्रकाशित मिति: १७:४७ बजे, सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











