Kathmandu Press

राजस्थानलाई हराएसँगै कोलकाताको प्लेअफको सम्भावना कायमै, राजस्थान बाहिरियो

काठमाडौं, कात्तिक १७ : कप्तान इयान मोर्गन ब्याटिङमा र पाट कमिन्स बलिङमा चम्किएपछि युएईमा जारी आईपिएलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ।आइतबार राति...
राजस्थानलाई हराएसँगै कोलकाताको प्लेअफको सम्भावना कायमै, राजस्थान बाहिरियो

काठमाडौं, कात्तिक १७ : कप्तान इयान मोर्गन ब्याटिङमा र पाट कमिन्स बलिङमा चम्किएपछि युएईमा जारी आईपिएलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ।

आइतबार राति भएको खेलमा मोर्गन र कमिन्स चम्किएपछि कोलकाताले लिगको अन्तिम खेलमा राजस्थान रोयल्सलई ६० रनले पराजित गरेको छ। यो जितसँगै कोलकाताको प्लेअफ पुग्ने सम्भावना कायमै छ।

दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोर तथा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेलपछि कोलकाता प्लेअफ पुग्ने–नपुग्ने टुंगो लाग्नेछ। यता, कोलकातासँगको हारसँगै राजस्थान भने प्लेअफ पुग्न असफल भएको छ। राजस्थान १२ अंकसहित पुछारमा छ।

कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो। राजस्थानका जोस बट्लरले सर्वाधिक ३५ रन बनाए भने राहुल तेवातिया ३१ र श्रेयस गोपालले २३ रन बनाए।

राजस्थानलाई सस्तैमा समेट्ने क्रममा कमिन्सले चार विकेट लिए भने शिवम् मावी र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिए।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९१ रन बनाएको थियो। कोलकाताका लागि कप्तान इयान मोर्गनले नटआउट ६८ रन बनाए। ३५ बल सामना गरेका उनले ६ छक्का र पाँच चौका प्रहार गरे।

यस्तै शुभमन गिलले ३६, राहुल त्रिपाठीले ३९, आन्द्रे रसेलले २५ र पेट कमिन्सले १५ रन बनाए। बलिङतर्फ राजस्थानका राहुल तेवटियाले तीन र कार्तिक त्यागीले दुई विकेट लिए।

प्रकाशित मिति: १६:११ बजे, सोमबार, कात्तिक १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्