भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट दुई जनाकाे मृत्यु
भरतपुर, कात्तिक १७ : कोरोना भाइरसको संक्रमणबाट चितवनमा दुई जना बृद्धबृद्धाको मृत्इु भएको छ।भरतपुर महानगरपालिका–१० का ७९ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको...
भरतपुर, कात्तिक १७ : कोरोना भाइरसको संक्रमणबाट चितवनमा दुई जना बृद्धबृद्धाको मृत्इु भएको छ।
भरतपुर महानगरपालिका–१० का ७९ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बृद्धलाई कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
उनलाई श्वासप्रश्वासमा समस्या भएपछि आइतबार अस्पताल भर्ना गरिएको थियो। उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममै आज बिहान १ः२० बजे मृत्यु भएको पौडेलले बताए।
त्यस्तै, धादिङको निलकण्ठ नगरपालिका–३ की ६१ वर्षीया बृद्धाको पनि उपचारका क्रममा मृत्यु भएको छ। सूचना अधिकारी पौडेलका अनुसार बृद्धाको आज बिहान २ः५५ बजे मृत्यु भएको हो।
उनको स्वास्थ्यमा समस्या आएपछि कात्तिक ५ गते अस्पताल भर्ना गरिएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक ९ गतेदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो।











