आज कांग्रेस शिर्ष नेताहरुको बैठक बस्दै, संसद खोल्न माग गर्ने
काठमाडौं, कात्तिक १७ : कांग्रेस सभापति शेरबहादुर देउवाले आज शिर्ष नेताहरुको बैठक डाकेका छन् ।पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे डाकिएको बैठकमा संसदको...
काठमाडौं, कात्तिक १७ : कांग्रेस सभापति शेरबहादुर देउवाले आज शिर्ष नेताहरुको बैठक डाकेका छन् ।
पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे डाकिएको बैठकमा संसदको विशेष अधिवेशन माग, सरकारको गलत कामका विरुद्द सडक प्रदर्शन लगायतका विषयमा छलफल हुने बताइएको छ।
यसअघि नेता रामचन्द्र पौडेलले असोज १२ मा बुझाएको विरोधपत्रका सन्दर्भमा छलफल हुने बताइएको छ।
कांग्रेसले कात्तिक २१ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
प्रकाशित मिति: १३:२२ बजे, सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











