कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु
काठमाडौं, कात्तिक १६ : कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ।योसहित कोरोना संक्रमणको कारण हालसम्म मृत्यु हुनेको संख्या ९६०...
काठमाडौं, कात्तिक १६ : कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ।
योसहित कोरोना संक्रमणको कारण हालसम्म मृत्यु हुनेको संख्या ९६० पुगेको छ।
मन्त्रालयका अनुसार आइतबार देशभर थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा ३६ सय २० जना कोरोनामुक्त भएका छन्।
त्यस्तै, संक्रमितमध्ये २८३ जनाको आइसियू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रकाशित मिति: २२:४३ बजे, आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











