Kathmandu Press

थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

१३ हजार २३ जनाको नमुना परीक्षण गरिँदा थप २८ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक १६ : आइतबार देशभर थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१३ हजार २३ जनाको नमुना परीक्षण गरिँदा थप २८ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसहित कुल संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ।

त्यसैगरी आइतबार ३६ सय २० जना संक्रमणमुक्त भएका छन्। योसहित संक्रमणमुक्त हुनेको संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ।

मन्त्रालयका अनुसार कोरोनामुक्त हुने प्रतिशत ७७.७ रहेको छ।

हाल देशभर ३७ हजार ७६५ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये २८३ जनाको आइसियू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रकाशित मिति: २२:३६ बजे, आइतबार, कात्तिक १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्