Kathmandu Press

कोरोना संक्रमणबाट पुरानो मेडिकल कलेजमा एक वृद्धको मृत्यु

चितवन, कात्तिक १६ : पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय...
कोरोना संक्रमणबाट पुरानो मेडिकल कलेजमा एक वृद्धको मृत्यु

चितवन, कात्तिक १६ : पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।

कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल ल्याइएका उनमा कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: २१:३९ बजे, आइतबार, कात्तिक १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्