Kathmandu Press

गैँडाको आक्रमणबाट एकको मृत्यु

नवलपरासी, कात्तिक १६ : गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरमा आज एक जनाको मृत्यु भएको छ। नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी...
गैँडाको आक्रमणबाट एकको मृत्यु

नवलपरासी, कात्तिक १६ : गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरमा आज एक जनाको मृत्यु भएको छ। 

नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७ वडाका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए।

आज बिहान खेतमा तोरी छर्न जाने क्रममा उनलाई गैँडाले आक्रमण गरेको थियो। बिहान ५ बजेको समयमा गैँडाले आक्रमण गरेर घाइते भएका मुखियाको एक घण्टापछि मात्र स्थानीयले देखेर उद्धार गरेको वडाध्यक्ष आचार्यले जानकारी दिए। उद्धार गरी उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै ज्यान गएको वडाध्यक्ष आचार्यले बताए।
 

प्रकाशित मिति: १८:१० बजे, आइतबार, कात्तिक १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्