कोरोना संक्रमणबाट कांग्रेसका महासमिति सदस्य मण्डलको मृत्यु
काठमाडौं, कात्तिक १६ : कोरोना संक्रमणबाट नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको मृत्यु भएको छ। शनिबार कोरोना संक्रमण पुष्टि भएको ४५ वर्षीय मण्डलको आइतबार...
काठमाडौं, कात्तिक १६ : कोरोना संक्रमणबाट नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको मृत्यु भएको छ।
शनिबार कोरोना संक्रमण पुष्टि भएको ४५ वर्षीय मण्डलको आइतबार बिहान मृत्यु भएको हो।
बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका मण्डलको उपचारको लागि काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको नेपाली कांग्रेस बारा क्षेत्र नं. १ ले जनाएको छ।
श्वास प्रश्वासमा समस्या देखिएपछि बाराकै कोल्हवीस्थित स्वास्थ्य संस्थामा उपचाररत मण्डलको नारायणी अस्पतालमा कोरोना परीक्षण गरिएको थियो।
प्रकाशित मिति: १७:४७ बजे, आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











