पूर्वराज्यमन्त्री खोभारी राय जुवाको खालबाट पक्राउ
काठमाडौं, कात्तिक १६ : पूर्वराज्यमन्त्री खोभारी राय जुवाकाे खालबाट पक्राउ परेका छन्।प्रहरी टाेलीले पूर्वराज्यमन्त्री रायसहित १० जनालाई जुवा खेलिरहेकाे अवस्थामा पक्राउ गरेको हाे।...
काठमाडौं, कात्तिक १६ : पूर्वराज्यमन्त्री खोभारी राय जुवाकाे खालबाट पक्राउ परेका छन्।
प्रहरी टाेलीले पूर्वराज्यमन्त्री रायसहित १० जनालाई जुवा खेलिरहेकाे अवस्थामा पक्राउ गरेको हाे। महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले विजेश्वरीको एक घरबाट पूर्वराज्यमन्त्री रायसहित १० जनालाई पक्राउ गरेको जनाएकाे छ।
वृत प्रमुख डिएसपी निरञ्जनदत्त भट्टका अनुसार उनीहरुबाट एक लाख ५३ हजार रुपैयाँ पनि बरामद गरिएको छ। जुवा खेलिरहेकाे सूचना पाएपछि प्रहरी टाेली गएकाे थियाे।
जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका पूर्वराज्यमन्त्री राय २०६४ मा सर्लाही क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। तीन पटक राज्यमन्त्री भएका उनी पछिल्लो समय राजनीतिमा सक्रिय थिएनन्।
उनी २०७४ मा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए। विवादित छविका कारणा प्राय चर्चामा आइराख्ने राय केही वर्षयता भने गुमनाम जस्तै थिए।











