Kathmandu Press

टेकुमा कोरोनाको उपचार गर्न ५० हजारसम्म धरौटी राख्नुपर्ने

काठमाडौं, कात्तिक १६ : सरकारले कोरोना संक्रमितको उपचारका लागि शुल्क लिने निर्णय गरेपछि अस्पतालहरुले कोरोना संक्रमितको उपचारमा धमाधम धरौटी रकम माग्न थालेका छन्।...
टेकुमा कोरोनाको उपचार गर्न ५० हजारसम्म धरौटी राख्नुपर्ने

काठमाडौं, कात्तिक १६ : सरकारले शुल्क लिने निर्णय गरेपछि अस्पतालहरुले कोरोना संक्रमितको उपचारमा धमाधम धरौटी रकम माग्न थालेका छन्।  

केही साताअघि धुलिखेल अस्पतालले कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम जम्मा गर्नुपर्ने भन्दै रकम तोकेको थियो। हालै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले पनि संक्रमितसँग धरौटी रकम माग गरेको छ।  

टेकु अस्पतालले कात्तिक १३ गते सूचना जारी गरि निश्चित बर्गबाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार, कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय भएको जनाएको छ।  

टेकु अस्पतालले निकालेको सूचनाअनुसार, भेन्टिलेटरमा राख्नुपर्ने बिरामीका लागि दैनिक १५ हजार उपचार खर्च तोकिएको छ। भेन्टिलेटरमा बस्नुपर्ने बिरामीले ५० हजार धरौटी रकम जम्मा गर्नुपर्नेछ।

आईसीयूबाहेक भेन्टिलेटरमा बस्नुपर्ने विरामीका लागि दैनिक सात हजार पाँच सय उपचार खर्च र ३० हजार धरौटी तोकिएको छ।  
क्याबिन आइसोलेसनमा बस्नुपर्ने बिरामीले दैनिक उपचार खर्च सात हजार पाँच सय र ३० हजार धरौटी राख्नुपर्नेछ।

ग्रास्ट्रो आइसोलेसनमा बस्नुपर्ने बिरामीले दैनिक तीन हजार पाँच सय उपचार खर्च र २० हजार धरौटी जम्मा गर्नुपर्नेछ।

धुलिखेल अस्पतालले भने कात्तिक २ गतेबाट नै कोरोना संक्रमितको उपचारका लागि शुल्क लिन थालेको थियो। त्यसका लागि अस्पतालले धरौटी राख्नुपर्ने रकम नै तोकेको थियो।  

धुलिखेल अस्पतालमा भने सामान्य लक्षण भएका संक्रमितको उपचारका लागि दैनिक तीन हजार पाँच सय उपचार खर्च र ५० हजार धरौटी रकम जम्मा गर्नुपर्नेछ।

यस्तै, मध्यम जटिल विरामीका लागि दैनिक उपचार खर्च सात हजार पाँच सय र एक लाख धरौटी रकम धरौटी राख्नुपर्नेछ। जटिल विरामीका लागि दैनिक उपचार खर्च १५ हजार र दुई लाख धरौटी रकम जम्मा गर्नुपर्ने व्यवस्था धुलिखेल अस्पतालले गरेको छ।

प्रकाशित मिति: १६:१४ बजे, आइतबार, कात्तिक १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्