Kathmandu Press

कोरोनाबाट पूर्वी नवलपरासीका थप तीन जनाको मृत्यु

नवलपरासी, कात्तिक १६ : कोरोना भाइरसको संक्रमणबाट पूर्वी नवलपरासीमा थप तीन जनाको मृत्यु भएको छ।गएराति गैंडाकोट नगरपालिकाका ३८ वर्षीय युवकको मृत्यु भएको जिल्ला...
कोरोनाबाट पूर्वी नवलपरासीका थप तीन जनाको मृत्यु

नवलपरासी, कात्तिक १६ : कोरोना भाइरसको संक्रमणबाट पूर्वी नवलपरासीमा थप तीन जनाको मृत्यु भएको छ।

गएराति गैंडाकोट नगरपालिकाका ३८ वर्षीय युवकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै, विनयी त्रिवेणी गाउँपालिका–१ दुम्किबासकी ६४ वर्षीया बृद्धाको गएराति मृत्यु भएको छ। उनको पनि चितवन मेडिकल कलेजमै  उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

यसैगरि, चितवन मेडिकल कलेजमा उपचाररत कावासोती नगरपालिका–११ का ४८ वर्षीय युवकको गएराति ज्यान गएको अस्पतालले जनाएको छ। उनीलाई केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

प्रकाशित मिति: १५:५५ बजे, आइतबार, कात्तिक १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्