Kathmandu Press

बेलायतमा एक महिनाका लागि फेरि लकडाउन घोषणा

काठमाडौं, कात्तिक १६ : बेलायतले दोस्रो पटक देशव्‍यापी लकडाउन घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि लागु हुनेगरी...
बेलायतमा एक महिनाका लागि फेरि लकडाउन घोषणा

काठमाडौं, कात्तिक १६ : बेलायतले दोस्रो पटक देशव्‍यापी लकडाउन घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि लागु हुनेगरी चार हप्ताका लागि लकडाउन घोषणा गरेको हो। 

प्रधानमन्त्री बोरिस जोन्सनले शनिकार पत्रकार सम्मेलन गरी लकडाउनमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द नहुने जानकारी दिए । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने उनले बताए ।

हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसलहरू भने खुल्ने बताइएको छ । पछिल्लो पटक कोरोना सङ्क्रमणको सङ्ख्या एक्कासि बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन हप्ता गरेको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो ।

प्रकाशित मिति: १३:३४ बजे, आइतबार, कात्तिक १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्