Kathmandu Press

मोरङमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

मोरङ, कात्तिक १५ : मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप  ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यसरी मृत्यु हुनेहरुमा नोबेल...
मोरङमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

मोरङ, कात्तिक १५ : मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप  ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यसरी मृत्यु हुनेहरुमा नोबेल शिक्षण अस्पताल विराटनगरमा चार, विराट मेडिकल कलेज बूढीगङ्गामा एक र  म्याक्स इन्टरनेसनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगरमा एक जनाको मृत्यु भएको हो। 

नोवेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारीकी ६६ वर्षीया महिला, झापा विर्तामोडका ७५ वर्षीय वृद्ध, मोरङ सुन्दरहरैंचा नगरपालिका–१० की ६९ वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए।

इटहरीका ४३ वर्षीय पुरुषको नोवेल शिक्षण अस्पताल अगाडि शुक्रबार एम्बुलेन्समा नै मृत्यु भएको छ। मृतक कोरोना पोजेटिभ देखिएपछि उपचारका भर्ना हुन अगाडि नै मृत्यु भएको प्रबन्धक दाहालले बताए। विराट शिक्षण अस्पतालमा विराटनगर–३ का ६५ वर्षीय पुरुषको आज मृत्यु भएको छ। मृतक यही कात्तिक ६ गते  उपचारका लागि भर्ना भएको आइशोलेसन प्रमुख सुनिल देवले जानकारी दिए।

यस्तै, म्याक्स ट्रमा सेन्टर विराटनगरमा उदयपुरकी ४२ वर्षीया एक महिलाको आज मृत्यु भएको छ। मृतक उपचारका लागि शुक्रबार अस्पतालमा भर्ना भएको प्रबन्धक हेमनारायण मेहताले बताए। प्रदेश नं १ मा अहिलेसम्म कोरोना संक्रमणबाट १९२ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: २२:५१ बजे, शनिबार, कात्तिक १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्