बाँकेमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु
राँझा, कात्तिक १५ : बाँकेमा कोरोनाका कारण दाङका ७० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ। यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा...
राँझा, कात्तिक १५ : बाँकेमा कोरोनाका कारण दाङका ७० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ। यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।
कोरानाको कारण बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराइरहेका घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको आज बिहान ५ः०० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। श्रेष्ठले दिएको जानकारीअनुसार उनलाई स्वास्थ्यमा समस्या भएपछि कात्तिक ११ गते कोहलपुरको आइसियू युनिटमा भर्ना गरिएको थियो। कोरोना आशंकामा भोलिपल्ट स्वाब लिएर जाँच गर्दा त्यही दिन ५ बजे कोरोना पुष्टि भएको थियो।
प्रकाशित मिति: २२:४२ बजे, शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











