थप १७ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, कात्तिक १५ : कोरोना संक्रमणबाट शनिबार थप १७ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको...
काठमाडौं, कात्तिक १५ : कोरोना संक्रमणबाट शनिबार थप १७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा संक्रमणबाट मृत्य हुने दर ०.५ प्रतिशत रहेको छ।
त्यसैगरी, शनिबार देशभर थप २५ सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नौ हजार २७९ जनाको नमुना परीक्षण गरिँदा थप २५ सय आठ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसहित हालसम्म देशभर संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ।
त्यस्तै, आज देशभरबाट २२ सय ६४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ।
हाल देशभर ३८ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये २९६ जनाको आइसियू र ६९ जनाको भेन्टिलेरटमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।











