Kathmandu Press

थप २५ सय आठ जनामा कोरोना संक्रमण पुष्टि

नौ हजार २७९ जनाको नमुना परीक्षण गरिँदा थप २५ सय आठ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थप २५ सय आठ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक १५ : शनिबार देशभर थप २५ सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नौ हजार २७९ जनाको नमुना परीक्षण गरिँदा थप २५ सय आठ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका १३ सय ५७ जना रहेका छन्।

योसहित हालसम्म देशभर संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ।

त्यस्तै, आज देशभरबाट २२ सय ६४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ। 


नेपनलमा कोरोनामुक्त हुनेदर ७६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हाल देशभर ३८ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये २९६ जनाको आइसियू र ६९ जनाको भेन्टिलेरटमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २२:०८ बजे, शनिबार, कात्तिक १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्