Kathmandu Press

पूर्वि नवलपरासीका दुई बृद्धको होम आइसोलेसनमै मृत्यु

नवलपुर, कात्तिक १५ : पूर्वी नवलपरासीका दुई जना कोरोना भाइरस संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ।उपचार नपाएर उनीहरुको शनिबार बिहान मृत्यु भएको जिल्ला...
पूर्वि नवलपरासीका दुई बृद्धको होम आइसोलेसनमै मृत्यु

नवलपुर, कात्तिक १५ : पूर्वी नवलपरासीका दुई जना कोरोना भाइरस संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ।

उपचार नपाएर उनीहरुको शनिबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंले बताए। उनका अनुसार कावासोती नगरपालिका–६ का ६७ वर्षीय बृद्धको होम आइसोलेसनमा मृत्यु भएको हो।

त्यस्तै, गैंडाकोट नगरपालिका–२ कि ७७ वर्षीया बृद्धाको पनि होम आइसोलेसनमै ज्यान गएको छ। होम आइसोलेसनमा रहेका दुवै जनाले उपचार पाउन नसकेको आफन्तजले बताएका छन्।

उनीहरुको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाह संस्कार गर्ने तयारी भइरहेको जनाएको छ। पछिल्लो समय होम आइसोलेसनमै धेरै मृत्यु भइरहेको छ।

प्रकाशित मिति: १५:५६ बजे, शनिबार, कात्तिक १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्