बाँकेमा एक कोरोना संक्रमित पुरुषको निधन
काठमाडौं, कात्तिक १५ : दाङ घोराही घर भएका एक कोरोना संक्रमित पुरुषको शनिबार विहान बाँकेमा निधन भएको छ। घोराही उपमहानगरपालिका ४ निवासी ७० वर्षीय...
काठमाडौं, कात्तिक १५ : दाङ घोराही घर भएका एक कोरोना संक्रमित पुरुषको शनिबार विहान बाँकेमा निधन भएको छ।
घोराही उपमहानगरपालिका ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा शनिकार विहान बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हो ।
उपचारका क्रममा मृतको स्वाब परीक्षण गर्दा कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो।
हालसम्म बाँकेमा मात्रै ४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: १४:०६ बजे, शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











