धापासीमा छुरा प्रहार गरी युवकको हत्या, दुई पक्राउ
काठमाडौं, कात्तिक १४ : टोखा नगरपालिकास्थित धापासीदेवी मन्दिर परिसरमा छुरा प्रहार गरी युवकको हत्या भएको छ। तनहुँका २५ वर्षीय आशिष मगरकाे शुक्रबार बिहान...
काठमाडौं, कात्तिक १४ : टोखा नगरपालिकास्थित धापासीदेवी मन्दिर परिसरमा छुरा प्रहार गरी युवकको हत्या भएको छ। तनहुँका २५ वर्षीय आशिष मगरकाे शुक्रबार बिहान हत्या भएकाे हाे।
हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ, भने अन्य दुई आरोपी फरार रहेका छन्। पक्राउ पर्नेमा दिवस अधिकारी र रवि थापा रहेका छन्।
छुरा प्रहारबाट ज्यान गुमाएका मगरको शव त्रिवि शिक्षण महाराजगन्जमा राखिएको छ। उनी वाल पेन्टिङ गर्ने काम गर्दै आएका थिए।
प्रकाशित मिति: २३:२३ बजे, शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











