Kathmandu Press

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

काठमाडौं, कात्तिक १४ : कोरोना संक्रमणबाट शुक्रबार देशभर थप १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार योसहित कोरोना संक्रमणको कारण हालसम्म...
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

काठमाडौं, कात्तिक १४ : कोरोना संक्रमणबाट शुक्रबार देशभर थप १६ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार योसहित कोरोना संक्रमणको कारण हालसम्म मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट नेपालमा मृत्युदर ०.६ प्रतिशत रहेको छ। 

त्यस्तै, शुक्रबार थप ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ।

देशभर कोरोनाका ३८ हजार ३५७ जना सक्रिय संक्रमित रहेका छन।

त्यस्तै यो अवधिमा चार हजार ९६ जना कोरोनामुक्त भएका छन्।

प्रकाशित मिति: २२:१८ बजे, शुक्रबार, कात्तिक १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्