Kathmandu Press

थप ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

१४ हजार ९८९ जनाको नमुना परीक्षण गर्दा थप ३५ सय १७ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थप ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक १४ : शुक्रबार देशभर थप ३५ सय १७ जना कोरोना संक्रमण पुष्टि भएको छ। 

१४ हजार ९८९ जनाको नमुना परीक्षण गर्दा थप ३५ सय १७ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका १८ सय ८८ जना रहेका छन्। योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ।

त्यस्तै, शुक्रबार चार हजार ९६ जना कोरोनामुक्त भएका छन्। योसहित कोरोनमुक्त हुनेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ। 

मन्त्रालयका अनुसार कोरोनामुक्त हुने दर ७६.७ प्रतिशत रहेको छ।

हाल देशभर ३८ हजार ३५७ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: २२:०८ बजे, शुक्रबार, कात्तिक १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्