Kathmandu Press

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जाका काेराेना संक्रमितकाे मृत्यु

काठमाडाैं, कात्तिक १४ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। स्याङ्जाको वालिङ...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जाका काेराेना संक्रमितकाे मृत्यु
Hardik ivf

काठमाडाैं, कात्तिक १४ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। 

स्याङ्जाको वालिङ नगरपालिका–५ का ७० वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

निमोनिया रोगबाट पीडित रहेका वृद्धमा कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि उनलाई आईसीयू कक्षमा राखेर उपचार गरिँदै आएको थियो।

प्रकाशित मिति: २०:१७ बजे, शुक्रबार, कात्तिक १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्