केन्द्रीय समिति बैठक अघि देउवाले बोलाए शीर्ष नेताहरुको बैठक
काठमाडाैं, कात्तिक १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक अघि शीर्ष नेताहरुको बैठक डाकेका छन्।एक सातापछि (२१ कात्तिक) डाकिएको केन्द्रीय...
काठमाडाैं, कात्तिक १४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक अघि शीर्ष नेताहरुको बैठक डाकेका छन्।
एक सातापछि (२१ कात्तिक) डाकिएको केन्द्रीय समिति बैठक सौहाद्रपूर्ण बनाउन सोमबार शीर्ष नेताको बैटक डाकिएको हो।
शीर्ष नेताको बेठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीहरुसँग पनि छलफल हुने बताइएको छ। यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापतिबाट भएका विभाग गठनलगायतका विषयमा असन्तुष्टि जनाउँदै अघि सारेको मागबारे १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो।
त्यसलगत्तै राखिएको केन्द्रीय समिति बैठक भने केही सदस्यलाई कोरोना देखिएपछि स्थगित भयो। बैठकमा कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएकाले त्यसको तयारी वा कोरोना महामारीले पार्ने असर लगायतकाक विषयमा छलफल हुने संभावना छ।
प्रकाशित मिति: १९:०७ बजे, शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1791786422.jpg)




-1791786422.jpg)


