Kathmandu Press

बुटवलमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

बुटवल, कात्तिक १४ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा आज बिहान थप एक जनाको मृत्यु भएको छ।बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु...
बुटवलमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

बुटवल, कात्तिक १४ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा आज बिहान थप एक जनाको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

Hardik ivf

उनलाई कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या भएपछि त्यहि दिन अस्पताल भर्ना गरिएको थियो।

उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो। स्वास्थ्य अवस्था बिग्रिदै गएपछि भेन्टिलेटरमा राखिएको थियो। आज बिहान ७ बजे उपचारका क्रममै मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए।

प्रवक्ता डा. गौतमका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र फोक्सोसम्बन्धी रोगबाट पीडित थिए। जसले गर्दा कोरोना संक्रमणबाट बचाउन नसकिएको डा. गौतमले बताए।

प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, कात्तिक १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्