Kathmandu Press

भारतीय नागरिकलाई नागरिकता दिन सिफारिश गरेको आरोपमा वडाध्यक्ष पक्राउ

धनगढी, कात्तिक १४ : भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिन सिफारिश गरेको आरोपमा कैलालीमा एक वडाध्यक्ष पक्राउ परेका छन्।भारतीय नागरिकलाई नागरिकता दिलाउन...
भारतीय नागरिकलाई नागरिकता दिन सिफारिश गरेको आरोपमा वडाध्यक्ष पक्राउ

धनगढी, कात्तिक १४ : भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिन सिफारिश गरेको आरोपमा कैलालीमा एक वडाध्यक्ष पक्राउ परेका छन्।

भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा कैलालीको धनगढी उप–महानगरपालिका १२ का वडाअध्यक्ष गणेशप्रसाद जोशी पक्राउ परेका हुन्।

उनले २०७५ फागुन २० गते वडा नम्बर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिश गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको विष्टले बताए।

 

प्रकाशित मिति: १६:०७ बजे, शुक्रबार, कात्तिक १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्