Kathmandu Press

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

काठमाडौं, कात्तिक १३ : कोरोना संक्रमणबाट बिहीबार देशभर पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या...
कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

काठमाडौं, कात्तिक १३ : कोरोना संक्रमणबाट बिहीबार देशभर थप १७ जनाको मृत्यु भएको छ। 

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै गत २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ तीन हजार ३८ जना निको भएर डिस्चार्ज भएका छन्। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय ५२ रहेको छ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये ३०४जनाको आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: २२:२६ बजे, बिहीबार, कात्तिक १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्