थप २३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि
नौ हजार सात सय ६९ जनाको नमुना परीक्षण गर्दा २३ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, कात्तिक १३ : नेपालमा पछिल्लो २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नौ हजार सात सय ६९ जनाको नमुना परीक्षण गर्दा २३ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका १६ सय १५ जना रहेका छन् ।
योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार सात सय १८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन् । याेसहित संक्रमणमुक्त हुनेको संख्या एक लाख २४ हजार आठ सय ६२ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय ५२ पुगेको छ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ३०४ जनाको आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रकाशित मिति: २२:१६ बजे, बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1791786422.jpg)




-1791786422.jpg)


