Kathmandu Press

संसद सचिवालयद्वारा सुधारिएको लोगो वितरण सुरु

काठमाडौं, कात्तिक १३ : संघीय संसद सचिवालयले सुधारिएको लोगो तयार पारेर वितरण सुरू गरेको छ। गत साउनमा तयार पारिएको नयाँ लोगोमा राखिएको नेपालको नयाँ...
संसद सचिवालयद्वारा सुधारिएको लोगो वितरण सुरु

काठमाडौं, कात्तिक १३ : संघीय संसद सचिवालयले सुधारिएको लोगो तयार पारेर वितरण सुरू गरेको छ। 

गत साउनमा तयार पारिएको नयाँ लोगोमा राखिएको नेपालको नयाँ नक्साको स्वरुप नमिलेको भन्दै चौतर्फी विरोध भएपछि लोगो परिवर्तनको लागि पठाइएको थियो। बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको लाेगाे विवादमा परेपछि निःशुल्क लोगो परिवर्तन गरिदिएको हो।

सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा हटाइएर नयाँ नक्सा भएको लोगो निमार्ण गरिएको हो।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ। लोगोको डिजाइन टेकवीर मुखियाले गरेका हुन्। 

नयाँ लोगो वितरण भएसँगै सांसदहरुले नयाँ लोगो प्रयोग गर्न थालेका छन्।

प्रकाशित मिति: २२:११ बजे, बिहीबार, कात्तिक १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्