Kathmandu Press

बाँकेमा उपचाररत २३ कोरोना संक्रमितको अवस्था गम्भीर

राँझा, कात्तिक १३ : बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ संक्रमितको अवस्था गम्भीर रहेको छ। भेरी अस्पताल नेपालगञ्जमा १६ जना...
बाँकेमा उपचाररत २३ कोरोना संक्रमितको अवस्था गम्भीर

राँझा, कात्तिक १३ : बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ संक्रमितको अवस्था गम्भीर रहेको छ। भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ संक्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ। भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको उपचार भइरहेको छ। उपचाररत ८६ बिरामीमध्ये, २३ जना गम्भीर, ४१ जना मध्यम र २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले बताए। बाँकेमा १७७ जना संक्रमिचत होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन्।

बाँकेमा हालसम्म तीन हजार ४० जनामा कोरोना संक्रमण देखिएकोमा ३० जनाको मृत्यु भइसकेको छ भने दुई हजार ७१२ जना उपचार पश्चात निको भएका छन्। जिल्लामा हाल २९८ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, कात्तिक १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्