कोरोना संक्रमणबाट कैलालीमा थप एकको मृत्यु
काठमाडौं, कात्तिक १३ : कोरोना भाइरसको संक्रमणको कारण कैलालीमा थप एक महिलाको मृत्यु भएको छ।धनगढी उपमहानगरपालिका २ कि ५७ वर्षीया महिलाको बिहीबार बिहान...
काठमाडौं, कात्तिक १३ : कोरोना भाइरसको संक्रमणको कारण कैलालीमा थप एक महिलाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका २ कि ५७ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो। उनको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको थियो।
निमोनियाको समस्या देखिएकी महिला कात्तिक १० गते अस्पताल पुगेकी थिइन्। उनको कात्तिक १२ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि १२ गते नै उनलाई अस्थायी कोरोना अस्पतालको आइसियूमा भर्ना गरिएको थियो।
प्रकाशित मिति: १८:१५ बजे, बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
